नेपाल लाइफ इन्सोरेन्सको ६ महिनामै बिमा शुल्क १४ अर्ब ७ करोड संकलन

काठमाडौं । नेपाल लाइफ इन्सोरेन्सले आर्थिक वर्षको ६ महिनाको अवधिमा १४ अर्ब ७ करोड बिमा शुल्क संकलन गरेको जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले सस्तो लोकप्रियताभन्दा गुणस्तरीय सेवा प्रवाह तथा दीर्घकालीन लाभमा नेपाल लाइफले ध्यान दिँदै आएको बताए ।

जीवन बिमा कम्पनीहरूमध्ये करिब एकतिहाइ बजारहिस्सा ओगटेको यस कम्पनीको चुक्तापूँजी ५ अर्ब ५० करोड रहेको छ भने लगानी ८२ अर्ब ५९ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै, कम्पनीको जीवन बिमा कोष ७२ अर्ब ३३ करोड रुपैयाँ र सेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन …

प्रतिकृया दिनुहॊस