ललितपुर जिल्ला अदालत परिसरमा एनआईसी एशियाको एक्सटेन्सन काउन्टर

ललितपुर । ललितपुर जिल्ला अदालत परिसरमा एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो १०९औं विस्तारित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सेवाको उद्घाटन ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश महेन्द्रबहादुर कार्कीले गरे ।

मंगलबार आयोजित उक्त कार्यक्रममा ललितपुर जिल्ला अदालतका न्यायाधीश एवं पदाधिकारीहरू तथा यस बैंकका उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिती थियो । कार्यक्रममा बोल्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले अदालत परिसरमा विस्तारित काउन्टर संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई अदालती शुल्कका साथै दस्तुर बुझाउन र आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने र यस बैंकको बैंकिङ्ग सेवा देशका हरेक कुना कन्दरामा पु¥याउने बैंकको अथक यात्रा जारी रहेको जानकारी गराए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य