विद्युतीय माध्यमबाट भुक्तानी गरे १० प्रतिशत भ्याट फिर्ता

काठमाडौं । आज (मंगलबार)देखि विद्युतीय माध्यमबाट खरिद रकम भुक्तानी गरे भुक्तानी गरेको १० प्रतिशत रकम फिर्ता हुने व्यवस्था कार्यान्वयन भएको छ । १० हजार रुपैयाँको खरिदमा तिर्नुपर्ने १३ सय रुपैयाँ मूअ करमध्ये १ सय ३० रुपैयाँ भुक्तानीकर्ताको बैंक खातामा फिर्ता हुने भएको हो ।

आन्तरिक राजस्व विभागले यसअघि नै ‘विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता दिने सम्बन्धी कार्यप्रक्रिया, २०७६’ जारी गरिसकको छ । आन्तरिक राजस्व विभागका अनुसार मंगलबारदेखि विद्युतीय माध्यमबाट भुक्तानी गर्दा भ्याट रकमको १० प्रतिशत बैंक खातामार्फत् फिर्ता हुनेछ । यसका लागि प्रणालीमा जोडिएका कम्पनीमार्फत् मात्रै कारोबार गरेको हुनुपर्छ । उपभोक्ताले कर रकमको १० प्रतिशत फिर्ता पाउने व्यवस्था कार्यप्रक्रियामा छ ।

आन्तरिक राजस्व विभागका अनुसार विद्युतीय बिलिङको अनुमति लिएका कम्पनीमार्फत् भ्याट तिरेमात्र तिरेको रकमको १० प्रतिशत फिर्ता हुन्छ । उनीहरु विद्युतीय भुक्तानी उपकरण सेवाप्रदायकसँग समेत आवद्ध हुनुपर्ने छ। कम्प्युटरबाट बिल जारी गर्ने पसलबाट मात्र यो सुविधा प्राप्त हुने छ । तर, सो कम्पनी विभागको प्रणालीमा आवद्ध भएको हुनुपर्ने व्यवस्था छ ।

उपभोक्ताले पनि डिजिटल भुक्तानी गरे कर फिर्ता पाउनेछन् । उनका अनुसार कम्पनी र उपभोक्ताले भुक्तानी गर्न प्रयोग गरेको कार्ड एउटै नेटवर्कको हुनुपर्छ । न्यूनतम १ हजार रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँसम्म विद्युतीय माध्यमबाट भुक्तानी गर्दा भ्याट रकमको १० प्रतिशत फिर्ता हुने कार्यप्रक्रियामा उल्लेख छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री