एमसीसी अनुमोदन गराउन अमेरिकाले गरिरहेको छ यस्तो कसरत

काठमाडौं । अमेरिकी अधिकारीहरूले नेपालको संसद्‍बाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौतालाई अनुमोदन गराउन कसरत थालेका छन्।

नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ दलकै नेताहरूलाई पटक–पटक भेटेर छिटोभन्दा छिटो सम्झौता अनुमोदन गराउन ‘लबिइङ’ गरिरहेका बेला एमसीसीका एक उच्च अधिकारीले पनि काठमाडौं उत्रिएर भेटघाट थालेका हुन्।

नेपाल भ्रमणमा रहेका एमसीसीका युरोप, एसिया, प्रशान्त र ल्याटिन अमेरिकासम्बन्धी मामिला हेर्ने सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले आइतबार सम्झौता अनुमोदन गराउनकै लागि आफ्नो राजनीतिक भेटवार्तालाई तीव्र बनाए।

ब्रुक्सले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अर्थमन्त्री युवराज खतिवडासँग भेटवार्ता गरे । स्रोतका अनुसार उनले तीनै जनासँग एमसीसीसँगको सम्झौतालाई संसद्बाट अनुमोदन गराउन आग्रह गरेका थिए।

जवाफमा उनीहरूले संसद्को यही हिउँदे अधिवेशनबाट सम्झौता अनुमोदन गर्ने प्रतिबद्धता जनाएका थिए। कान्तिपुर

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री