१० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कूल रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आज माघ २७ गते सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंकका अनुसार कूल ९१ दिने अवधिका लागि उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । सोमबार बिक्री गरिने ट्रेजरी बिल आगामी वैशाख ३० गते परिपक्व हुनेछ ।

बैंकले यसअघि पनि रु ९५ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप