१० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कूल रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आज माघ २७ गते सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंकका अनुसार कूल ९१ दिने अवधिका लागि उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । सोमबार बिक्री गरिने ट्रेजरी बिल आगामी वैशाख ३० गते परिपक्व हुनेछ ।

बैंकले यसअघि पनि रु ९५ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस