Coughing girl in scarf having high fever

खोकीले हैरान बनायो ? अपनाउनुस् यी घरेलु उपाय

काठमाडाैँ । लहरेखोकीबाट पाँचदेखि १५ वर्षसम्मका बालबालिका आक्रान्त हुन्छन् तर ठूलालाई पनि यो समस्या हुन सक्छ । लहरेखोकी एक ब्याक्टेरिया संक्रमण हो र एक व्यक्तिबाट अर्को व्यक्तिमा यो सर्छ । यो रोग लागेपछि रोगीले निरन्तर खोक्ने, अनायासै खोक्न थाल्ने, सास लिन अप्ठ्यारो हुने जस्ता समस्याको सामना गर्छ ।

अदुवा – अदुवामा एन्टीब्याक्टेरियल तत्त्व हुन्छ र यसले कफलाई सिध्याउन सहायता गर्छ । अदुवा पिँधेर रस निकाल्नुस् । अब त्यसमा मह मिसाएर पिउनुस् । अदुवाको रस, कागतीको रस र प्याजको रस मिसाएर पिउनुभए पनि हुन्छ । दिनदिनै अदुवा चपाउँदा पनि लहरेखोकीलाई केही हप्तामा हटाउन सकिन्छ ।

बेसार – बेसारमा एन्टीब्याक्टेरियल, एन्टीभाइरल तत्त्व हुन्छन् र तिनले खकार जम्न दिँदैनन् । एक चम्चा महमा बेसार मिसाएर खानुस् । यसबाहेक बेसार हालेको दूध पनि पिउन सक्नुहुन्छ । बेसारले रुघाखोकीलाई चाँडो नाश गर्छ ।

लसुन – एउटा लसुन मसिनो गरी काटेर पानीमा उमाल्नुस् । अब त्यही पानीले बाफ लिनुस् । दिनदिनै बाफ लिँदा दुई हप्तामा लहरेखोकी ठीक हुन्छ । आहारमा लसुन समावेश गर्नुभयो भने जाडोका समस्याबाट मुक्ति पाइन्छ ।

ज्वानो – चार चम्चा जैतूनको तेल तीनचार अलिकति ज्वानो हालेर हलुका तताउनुस् । तेल मनतातो पारेर राति सुत्नुअघि छातीको मालिश गर्नुस् ।

मुलेठी – गला खराब हुँदा वा खोकी लाग्दा मुलेठी सेवन गर्नुस् । मुलेठीको एक सानो टुक्रा चुस्ने गर्दा लहरेखोकीबाट राहत प्राप्त हुन्छ ।

मह र मूलाको रस – एक चम्चा महमा एक चम्चा मूलाको रस मिसाएर पिउनुस् । त्यसमा सीधे नून मिसाएर पनि पिउन सक्नुहुन्छ । दिनको दुईचोटि पिउँदा खकार र लहरेखोकीको समस्याबाट मुक्ति पाइन्छ ।

केसर – लहरेखोकी ठीक पार्नका लागि केसर अचूक औषधि हो । यसमा भएको एन्टीब्याक्टेरियल तत्त्वले संक्रमण रोक्नुका साथै रुघाबाट पनि मुक्ति दिन्छ । केसरको स्टिग्मामा आधा कप पानी हालेर घोल्नुस् । यो घोललाई दिनदिनै सेवन गर्नुस् । – एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम …

प्रतिकृया दिनुहॊस