सिभिल बैंकको नयाँ शाखा भीमसेनस्थानमा, रन्जना लिपि भएको परिचयपाटी राखियो

काठमाडौं । सिभिल बैंकले काठमाडौं नगरपालिका स्थित भीमसेनस्थानमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।  शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले एक समारोहबीच उद्घाटन गरेका छन् । शाखा कार्यालयमा रन्जना लिपि भएको परिचयपाटी पनि स्थापना गरिएको छ ।

उद्घाटन समारोहमा शिवाकोटीले नेपालबाट बिदेशिएको जनशक्तिले अहिले आफ्नै देशमा फर्की बैंकबाट कर्जा लिई आफ्नै देशमा रोजगारीको सृजना गरेको र यसरी सबैले आ–आफ्नो क्षेत्रबाट वित्तिय योगदान पुर्याएमा देश आफै समृद्ध हुने बताए ।

त्यसैगरी, काठमाडौं महानगरपालिका वडा नं २० का वडा अध्यक्ष राजेन्द्र मानन्धरले आफ्नो वडामा खोलिएको पहिलो बैंक भएकोमा सिभिल बैंकलाई बधाई तथा धन्यबाद दिए र आफुले बैंकलाई आफ्नो तर्फबाट भरपुर सहयोग गर्ने बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथ विकास बैंकद्वारा ग्रीण हाइड्रोजन इन्धनको अनुसन्धानका लागि काठमाडौं विश्वविधालय सँग सहकार्य

काठमाडौं । मुक्तिनाथ विकास बैंकले दिगो विकासमा टेवा पुग्ने उद्देश्यले ग्रीण हाइड्रोजन इन्धनको अनुसन्धानका लागि …

प्रतिकृया दिनुहॊस