चीनलाई नेपालले दियो एक लाख ‘प्रोटेक्टिभ’ मास्क

काठमाडौं । नोवल कोरोना भाइरससँग जुधिरहेको चीनलाई नेपाल सरकारले एक लाख थान ‘प्रोटेक्टिभ’ मास्क प्रदान गरेको छ ।

सरकारको निर्णय अनुसार शुक्रबार परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चिनियाँ राजदुत होउ यान्छीलाई मास्क हस्तान्तरण गरेका हुन् । चीनमा नोवल कोरोना भाइरसको संक्रमणबाट जोगाउने मास्कको अत्यधिक माग भएपछि नेपाल सरकारले मास्क सहयोग गर्ने निर्णय गरेको थियो ।

परराष्ट्र मन्त्रालयमा आयोजित सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोना भाइरसको संक्रमणमा नेपाललगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र एकता चीनका लागि महत्वपूर्ण भएको बताइन् । उनले यसबाट चिनियाँ नागरिक र नेतृत्वलाई थप उर्जा मिलेको समेत बताइन् ।

बिहीबार प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, सचिवहरुलगायत सुरक्षा निकायका प्रमुखसहितको बैठकले नोवल कोरोना भाइरसँग जुधिरहेको चीनलाई एक लाखको संख्यामा प्रोटेक्टिभ मास्क सहयोग गर्ने निर्णय गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री