काठमाडौँ । एनसेल प्रा. लि.ले प्रणय दिवसको अवसरमा प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ ।
अफरमा ग्राहकले १००रुपैँया (कर सहितमात्र रु १२७.६९) मा ७०० मिनेट अन नेट टक टाइम रहेको साप्ताहिक भ्वाइस प्याकको मजा लिन सक्नेछन् । भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याउन लागिएको उक्त अफर अन्तर्गत ग्राहकले कर सहित१८ पैसा प्रतिमिनेटमा कुरा गर्न सक्नेछन् । अफरको साप्ताहिक प्याक सुचारु गरेपछि ७ दिन सम्म समयावधि रहनेछ ।
भ्यालेन्टाइन अफर शुक्रबार (माघ २४) देखि लागु हुनेछ र ३ महिना सम्म संचालनमा रहनेछ। ग्राहकले एस्टिक्«स १७११८ एस्टिक्«स २ एस्टिक्«स ३ ह्यास डायल गरी प्राप्त जानकारी अनुसार प्याक सुचारु गर्न सक्ने एनसेलले जनाएको छ ।
तपाईंको प्रतिकृया




