ए डिभिजन लिग : एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

काठमाडौं । शहीद सहिद स्मारक ए डिभिजन लिगमा आज दशौं चरणको अन्तिम खेलमा न्युरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै छन् । सातदोबाटोस्थित एन्फा मैदानमा शुरु खेल दिउँसो ३ बजे शुरु हुनेछ ।

लिगमा ९ खेलबाट १५ अंक जोडेको एनआरटी फ्रेन्ड्सलाई पराजित गर्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा छ । अंक तालिकामा एनआरटीभन्दा फ्रेन्ड्स तुलनात्मक रुपमा कमजोर देखिएको छ ।

१५ अंकसहित एनआरटी सातौं स्थानमा छ भने उसले फ्रेन्ड्सलाई पराजित गर्न सके १८ अंकसहित शीर्ष चौथो स्थानमा उक्लिनेछ । यता, लिगको १० औं स्थानमा रहेको फ्रेन्ड्सले ९ खेलबाट ११ अंक जोडेको छ । उसले एनआरटीलाई पराजित गर्न सके फ्रेन्ड्स पनि अंक तालिकामा सुधार गर्नेछ । फ्रेन्ड्सले ३ अंक जोड्न सके उसले आठौं स्थानमा रहेको नेपाल पुलिस क्लबसँग १४ अंक बराबरी गर्नेछ ।

दशौं चरणका खेल सकिँदा विभागीय टोली त्रिभुवन आर्मी क्लब २३ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा २२ अंक जोडेको मछिन्द्र छ भने तेस्रो स्थानमा साविक विजेता मनाङ मस्र्याङ्दी क्लब १९ अंकसहित छ । लिगमा दशौं चरणसम्म अपराजित रहेको मनाङ च्यासल युथ क्लबसँग सोमबार २–० गोल अन्तरले पराजित भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस सिजन-७ च्याम्पियन

काठमाडौँ । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ …

प्रतिकृया दिनुहॊस