मौसम पूर्वानुमान : आज राति हिमपात र वर्षाको सम्भावना

काठमाडाैँ । मौसम पूर्वानुमान महाशाखाले आज राति हिमपात र वर्षाको सम्भावना रहेको जनाएको छ । मंगलबार बिहान सार्वजनिक गरेको पूर्वानुमान सूचनामा महाशाखाले आज राति पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जनाएको हो ।

महाशाखाले जारी गरेको सूचनमा लेखिएको छ , ‘राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।’

महाशाखाका अनुसार अहिले नेपालमा कुनै पनि मौसमी प्रणाली छैन । भने, देशको मध्य र पूर्वी पहाडी भू–भागमा आंशिक बदली भएको छ । यसैगरी, दिउँसो भने देशको पहाडी भूभागमा आंशिक बदली भइरहने महाशाखाले जनाएको छ । भने बाँकी भू–भाग सफा रहनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस