ए डिभिजन लिग फुटबलमा जाउलाखेलको जीत

काठमाडौं । जाउलाखेल युथ क्ललले विग्रेड ब्वाइज क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जीत हासिल गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेलमैदानमा सोमबार सम्पन्न पहिलो खेलमा जाउलाखेलले विग्रेड ब्वाइजलाई १–० गोलअन्तरले पराजित गर्दै जीत हात पारेको हो । जाउलाखेलको जीतमा सुजित बुढाथोकी नायक बने ।

उनले खेलको पहिलो हाफको ३२ औं मिनेटमा गरेको १ गोल नै जाउलाखेलका लागि निर्णायक गोल साबित भयो । यस खेलसँगै १० खेल पूरा गरेको जाउलाखेलले १५ अङ्क बटुलेको छ । समान खेल खेलेको व्रिगेड ब्वाइजको भने ८ अङ्क छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको लगातार तेस्रो हार, वेस्ट इन्डिजलाई एक खेल अगावै सिरिज उपाधि

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार …

प्रतिकृया दिनुहॊस