नेपालले चीनलाई पठायो १२ हजार मास्क

काठमाडाैं । नेपालले चीनलाई १२ हजार थान मास्क पठाएको छ । हाल नोवल कोरोना भाइरस फैलिएका कारण सुरक्षाका लागि चीनमा मास्कको माग बढ्दो छ ।

यसकारण ‘नेपाल चाइना च्याम्बर अफ कमर्स एन्ड इन्डष्ट्री’ले चाइनाको तिब्बेत च्याम्बर अफ बोर्डर ट्रेडलाई सहयोगस्वरुप १२ हजार थान मास्क पठाएको हो । चिनियाँ प्रान्त तिब्बतमा भाइरस फैलिएमा नेपालमा समेत फैलनसक्ने सम्भावना रहेको भन्दै इन्डष्ट्रीले उक्त सहयोग गरेको बताएको छ ।

चिनियाँ चेम्बरसँग संघले २०१४ मा एक समझदारी पत्रमा हस्ताक्षर गरी विभिन्न आर्थिक, व्यापारिक, पर्यटन, लगानी आदिको प्रवद्र्धनका लागि सहकार्य गर्दै आइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

काठमाडौं । अन्ततः सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको छ …

प्रतिकृया दिनुहॊस