छाउगोठ भत्काउने प्रहरीमाथि आक्रमण गर्ने महिला पक्राउ

अछाम । अछाममा प्रहरीमाथि आक्रमण गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बान्नीगढी जयगढ गाउँपालिका–३ धारासैन टोलमा शनिबार छाउगोठ भत्काउन गएको प्रहरी टोलीमाथि आक्रमण गर्ने स्थानीय धना साउदलाई प्रहरीले नियन्त्रणमा लिएको हो। साउदको प्रहारबाट प्रहरी हवल्दार धनबहादुर कैलाको मेरुदण्डमा चोट लागेको छ।

हवल्दार कैलाको स्थानीय स्वास्थ चौकीमा उपचारपछि प्रहरी चौकी जयगढ पठाइएको छ।

साउदलाई शनिबार नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए। महिलामाथि सार्वनिक अपराधअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ। प्रहरीले हालसम्म अछाममा चार हजार ७०० वटा भन्दा बढी छाउगोठ भत्काइसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल आइडलका विजेता परियारलाई प्रधानमन्त्रीबाट बधाई, पाए गितार उपहार (तस्बिरहरू)

काठमाडौँ । नेपाल आइडल सिजन ५ का विजेता करण परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका …

प्रतिकृया दिनुहॊस