काठमाडौं । सिटी एक्स्प्रेसले साउदी अरेबियामा रहेका नेपालीका लागि उपहार योजना सार्वजनिक गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र साउदी अरबको बैंक अल बिलाद–एन्जाजको संयुक्त सहकार्यमा विभिन्न उपहार प्रदान गरिने भएको हो ।
योजनाअन्तर्गत ६ जनाले निःशुल्क हवाई टिकट (विश्वको जुनसुकै ठाउँ), २४ जनाले ५ ग्राम सुनको सिक्का, ४५ जनाले सिटी म्याक्सको सपिङ भौचर र अन्य आकर्षक पुरस्कार जित्न सक्नेछन् ।
योजना एन्जाज च्यानल र बैंक अल्बिलादको ई–च्यानलहरू : अल्बिलाद मोबाइल एप, अल्बिलाद नेट, अल्बिलाद एटीएम, एन्जाज सेल्फ–सर्भिस मेसिन, एन्जाज पीओएस, एन्जाज सेन्टरमा उपलब्ध छ । योजना ३ महिनासम्म चल्नेछ । एन्जाज र सिटी एक्सप्रेसबीच २०१७ देखि कारोबार हुँदै आइरहेका छ ।
तपाईंको प्रतिकृया



