दुई किलो कोकिनसहित बोलिभियाका नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले दुई किलो दुई सय ग्राम कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोले अवैधरुपमा कोकिन ओसारपसार कार्यमा संलग्न बोलिभियाका नागरिक सोल्यानो क्याभेज मिगुललाई बुधबार पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको हो ।

ब्यूरोले लामो समयको सूचना सङ्कलन, विश्लेषण र निगरानीका आधारमा काठमाण्डौ महानगरपालिका २६ ज्याठामा रहेको बुद्धल्याण्ड होटलको ४०२ नम्बर कोठाबाट उनलाई पक्राउ गरेको हो । सुटकेसभित्र फल्स बटम बनाएर लुकाएर राखेको अवस्थामा मिगुललाई पक्राउ गरिएको र लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस संसदीय दलको बैठक सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक एक दिनलाई सरेको छ …

प्रतिकृया दिनुहॊस