जन्म दिनमा चन्द्रागिरि केवलकारको निशुल्क टिकट

काठमाडौं । चन्द्रागिरि केवलकारले आन्तरिक तथा बाह्य पर्यटकलाई जन्मदिनको अवसरमा निशुल्क केवलकार सेवा प्रदान गर्ने भएको छ । जन्मदिनको अवसरमा चन्द्रागिरि भ्रमणमा प्रोत्साहन गर्ने र जन्मदिनलाई विशेष बनाउने उद्देश्यले योजना ल्याइएको हो ।

योजना अन्र्तगतको सेवा लिन पर्यटकले जन्म दिनखुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनु पर्ने कम्पनीले जनाएको छ ।

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नास आईटीद्वारा बजेटको स्वागत, प्रभावकारी कार्यान्वयन गर्न जोड

काठमाडौं । आर्थिक वर्ष २०८१-८२ को बजेटलाई नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् …

प्रतिकृया दिनुहॊस