काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताव भएको छ । बुधबार राजधानीमा सुरु भएको नेकपा केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त मिति प्रस्ताव गरेका हुन् ।
दुवै अध्यक्षको तर्फबाट प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा २०७७ चैत्र २५ देखि ३० सम्म राष्ट्रिय महाधिवेशनको प्रस्ताव गरिएको छ । राष्ट्रिय महाधिवेशनअघि २०७७ भदौदेखि मंसिरसम्म सबै स्थानीय र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
तपाईंको प्रतिकृया




