धनुषा : दुर्घटनामा श्रीमान-श्रीमतीको मृत्यु !

काठमाडौं । धनुषाको गोदारमा मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतिको मृत्यु भएको छ । मृत्यु हुने धनुषाको गणेशमान चारनाथ नगरपालिका शिवनगर-पर्साही, ७ बस्ने वर्ष ५० का जोगिन्दर साह र ४० वर्षीया प्रमिला साह रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका गोदारमा उक्त दुर्घटना भएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १ च १८५८ नम्बरको बोलेरो पिकअपले विपरित दिशाबाट आइरहेको बा ६४ प ३०४७ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको थियो ।

बोलेरोको ठक्करले सडकबाट करीब पाँच मिटर पर उछिटिएका दुबैजनाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक तिर्थ कार्कीले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । …

प्रतिकृया दिनुहॊस