अत्याधिक चिसो बढेपछि मुस्ताङका केही विद्यालय बन्द

मुस्ताङ । मुस्ताङमा अत्याधिक चिसो बढेपछि त्यहाँको एक गाउँपालिकाका विद्यार्थी अध्ययन गर्न तनहुँ आइपुगेका छन् । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा रहेको दुई विद्यालयका विद्यार्थीलाई अध्ययनका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका ल्याइएको हो ।

मुस्ताङको जनज्योति आधारभूत विद्यालय र घर्मी सोलर आधारभूत विद्यालयका १४३ विद्यार्थीलाई तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित तिब्बतीयन क्याम्पभित्र रहेको लेकश्यद छल निम्न माध्यमिक विद्यालयमा अध्ययनको लागि ल्याइएको हो । उनीहरुसँगै २१ शिक्षक र चार जना कार्यालय सहयोगी पनि अध्यापन गराउन तनहुँ आएका छन् । कात्तिक महिनादेखि नै मुस्ताङमा पानी जम्ने कारणले बालबालिका बढी प्रभावित हुने गर्दछन् ।

विद्यार्थीहरुलाई चिसोबाट पनि बचाउन मद्धत पुग्ने र फरक ठाउँको वातावरणसँग पनि घुलमिल हुन सहयोग मिल्ने भएकाले अन्यत्र सारिएको जनज्योती आधारभूत विद्यालय मुस्ताङका प्रधानाध्यापक निग्मा ठिनी गुरुङ बताउँछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री