एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिस्ट सिम’

काठमाडौँ ।  एनसेल प्रा. लि.ले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा  पर्यटकका लागि ‘टुरिस्ट सिम’ योजना बुधबारबाट संचालनमा ल्याएको छ ।यस योजना अन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाईम र डेटा बण्डलिङ्ग गरिएको प्याकहरु लिन सक्नेछन् ।

नेपाल भ्रमणमा आएका कुनै पनि पर्यटकले करसहित मात्र १०० रुपैयाँमा टुरिष्ट सिम सहितको स्टार्टर प्याक लिन सक्नेछन् ।

यो प्याकमा पर्यटकले ३० रुपैयाँ मेन ब्यालेन्स र तीन दिन समयावधि भएको १ जिबी डेटा पाउँछन् ।यो सिमको विशेषता भनेको यसमा पे यज यु यो रेट लागु हुदैन र पर्यटनहरुले आफ्नो नेपालको बसाई र सेवाको आवश्यकता बमोजिम अल नेटवर्क भ्वाइस र डेटा सेवा बण्डल गरिएको तीनदेखि तीस दिनसम्म समय सीमा रहेका विभिन्न पाँच कक्बो प्याक मध्ये कुनै एक प्याक लिन सक्छन् ।

पर्यटकहरुको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राखि तयार पारिएका कम्बो प्याकहरुमा तीन दिने प्याकको करसहित २९० पर्दछ र यसमा ३० मिनेट अल नेटर्वक भ्वाईस र ३ जिबी डेटा भोल्युम रहेको हुन्छ ।

७ जिबी डेटा र ७० मिनेट अल नेटवर्क भ्वाईस रहेको ७ दिने प्याकको कर सहित ४९० तोकिएको छ भने करसहित ९८० पर्ने १४ दिने प्याकमा पर्यटकले १४ जिबी डेटा र १४० मिनेट अल नेटवर्क भ्वाईस बण्डल गरिएको प्याक लिन सक्नेछन् ।

यस्तै लामो समयका लागि नेपाल भ्रमणमा आउने पर्यटकले २८ दिने प्याक वा ३० दिने कम्बो प्याक लिन सक्छन् । २८ दिने प्याक अन्तर्गत पर्यटकले करसहित १ हजार ४ सय ७० रुपैयाँमा २८ जिबी डेटा र २ सय ८० मिनेट अल नेटवर्क भ्वाइस सेवा प्राप्त गर्नेछन् ।

त्यसैगरी ३० दिने प्याक अन्तर्गत करसहित २ हजार ८ सय ८८ रुपैयाँमा ८८ जिबी डेटा र ८ सय ८८ मिनेट अल नेटवर्क भ्वाइस सेवा पाउनेछन् ।

पर्यटकले ‘टुरिस्ट सिम’ योजनाको कम्बो प्याक सिम लिई सकेपछि एस्ट्रिक्स १७१०५ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्नेछन् ।

टुरिस्ट सिम एनसेलका एनसेल सेन्टर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एनसेल काउन्टर र देशका विभिन्न भागमा रहेका ९० वटा प्वाइन्ट अफ सेल्सबाट लिन सकिनेछ ।

यो सिम लिनका लागि पर्यटकले आफ्नो एक थान पासपोर्ट साइज फोटो र पासपोर्टको फोटो कपि बुझाउनु पर्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री