सैनामैना सब डिभिजन वन कार्यालयका प्रमुख घुससहित पक्राउ

काठमाडौँ । रुपन्देहीस्थित सैनामैना सब डिभिजन वन कार्यालय प्रमुख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले सेवाग्राहीसँग काठ उपलब्ध गराउन सिफारिसका लागि ५ हजार घुस लिएको अवस्थामा वन कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई पक्राउ गरेको हो ।घटनाको थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप