सुन एक दिनमै तोलामा ५ सय घट्यो

काठमाडाैँ । सुन एक दिनमै तोलामा ५ सय रुपैयाँले घटेको छ। हिजो प्रतितोला ७५ हजार ३ सयमा कारोबार भएको सुन आज ७४ हजार ८ सयमा रुपैयाँमा किनबेच भइरहेको छ।

निरन्तर उकालो लाग्दै गएको सुनको भाउ फेरी ओरालो लाग्न सुरु गरेको छ। प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर ७४ हजार ८ सयमा आइपुगेको छ।

अमेरिका र इरानको तनावले बढेको सुनको भाउ तनाव मत्थर भएसँगै ओरालो लाग्न पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाई छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री