अनिश्चितकालीन निषेधाज्ञा हट्यो

सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिकाको बजार क्षेत्रमा स्थानीय प्रशासनले लगाएको अनिश्चितकालीन निषेधाज्ञा हटाएको छ । स्थानीय प्रशासन, आन्दोलनरत नेपाली काँग्रेस र नगरपालिका बिच भएको संवादमा सहमती भएपछि स्थानीय प्रशासनले लगाएको  निषेधाज्ञा  हटाएको हो ।

आइतबार बसेको सर्वपक्षीय भेलाले बाह्रबिसे नगरपालिकाका अधिकृत युगबहादुर खडकाको संयोजकत्वमा सम्बन्धित वडाका वडाध्यक्षहरु, प्रहरी अधिकृत तथा अमिन सम्मिलित सात सदस्यीय छानविन समिति गठन गरेको छ । छानबिन समितिको प्रतिवेदन आएपछि मात्र उचित निर्णय लिई अघि बढने सहमती सँगै तिन दिन देखि अशान्त बाह्रविसे शान्त भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री