पृथ्वीसुब्बा प्रदेश ४ को मुख्यमन्त्री नियुक्त

कास्की ।  प्रदेश ४ को मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ  नियुक्त भएका छन् । सर्वसम्मत संसदीय दलको नेता चयन भएका गुरुङ मुख्यमन्त्री नियुक्त भएका हुन् ।माओवादी केन्द्रको समर्थनमा उनले प्रदेश प्रमुख बाबुराम कुँवरसमक्ष दावी पेश गरेका थिए । एमालेका २७ र माओवादी केन्द्रका १२ सदस्यको हस्ताक्षरसहित कार्यालय पुगेका गुरुङलाई प्रदेश प्रमुख कुँवरले मुख्यमन्त्रीमा नियुक्त गरे ।

संसदीय दलको नेताको दावी गर्दै आएका किरण गुरुङ पछि हटेपछि पृथ्वीसुब्बा संसदीय दलको नेता भएका थिए । वाम गठबन्धन बनाएका एमाले–माओवादीकै  सहमति अनुसार एमालेले माओवादीको समर्थनमा प्रदेश ४ मा प्रादेशिक सरकारको नेतृत्व गर्ने पक्का पक्की गरेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरण : रवि लामिछानेको आजको बयान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको काठमाडौंमा शुक्रबारको बयान सकिएको छ । …

प्रतिकृया दिनुहॊस