ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी प्रक्रिया शुरू

एजेन्सी । अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी प्रक्रिया औपचारिक रूपमा शुरू भएको छ । राष्ट्रपति ट्रम्प विरुद्धका आरोपहरू सिनेटमा पढेर सुनाइएको छ भने सुनुवाइ प्रक्रियामा सहभागी हुने सिनेटहरूलाई शपथ दिलाइएको छ ।

प्रमुख अभियोजनकर्ता एड्म स्किफले अहिलेसम्म कुनै पनि राष्ट्रपतिले महाभियोगसम्बन्धी छानबिनलाई प्रक्रियागत रूपमा अवरोध पुर्याउन नभनेको बताए । ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई दबाव दिएर संविधानको उल्लङ्घन गरेको आरोप छ ।

आफूले शक्तिको दुरुपयोग र कङ्ग्रेसको प्रक्रियामा अवरोध पुर्‍याएको भन्ने आरोप राष्ट्रपति ट्रम्पले अस्वीकार गर्दै आएका छन् । सुनुवाइ प्रक्रियाको सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले अवलोकन गर्नेछन् । डेमोक्र्याटहरूले सुनुवाइमा बयान दिनेहरूलाई बोलाउने र प्रमाणहरू जुटाउने काममा लागिपरेका छन् ।

राष्ट्रपति ट्रम्पविरुद्ध सिनेटमा हुने सुनुवाइमा शुरूवाती बयान आगामी मङ्गलवार हुनेछ । महाभियोगसम्बन्धी प्रावधान अनुसार दोषी ठहर गर्ने तथा राष्ट्रपतिलाई पदबाट हटाउने पक्षमा दुई तिहाइ सिनेटरले समर्थन गर्नुपर्ने हुन्छ । सिनेटमाथि राष्ट्रपति ट्रम्पको सत्तारूढ रिपब्लिकन पार्टीको नियन्त्रण रहेकोले उनले सफाइ पाउने अपेक्षा गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस