आठ अर्बको आइपिओ बिक्री गर्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंक

काठमाडौं । ठूला भौतिक पूर्वाधार निर्माणका लागि आन्तरिक तथा बाह्य लगानी भित्र्याउने लक्ष्यका साथ स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले रु आठ अर्ब बराबरको साधारण शेयर बिक्री गर्ने भएको छ । शेयर बिक्री गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा आज एनआइबिएलएस क्यापिटल र बैंकबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

बैंकले दिएको जानकारी अनुसार प्रति कित्ता रु १०० का दरले कूल आठ करोड कित्ता साधारण शेयर बिक्री गर्न लागिएको हो । आम सर्वसाधारणलाई बिक्री गर्न लागिएको सो साधारण शेयर पछिल्ला दिनमा बिक्री गर्न लागिएको सबैभन्दा ठूलो हो ।

सेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट नायव महाप्रबन्धक विनयनाथ न्यौपाने र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गर्नुभएको बैंकले जनाएको छ । बैंकको कूल अधिकृत पूँजी रु ४० अर्ब, जारी पूँजी रु २० अर्ब र चुक्ता पूँजी रु १२ अर्ब रहेको छ ।

सर्वसाधारणलाई साधारण शेयर बिक्री गरेपछि बैंकको चुक्ता पूँजी रु २० अर्ब हुनेछ । बैंकले जलविद्युत्, सौर्य ऊर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका लगानी गर्ने लक्ष्य राखेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

काठमाडौँ । ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय सेवा, समर्पण र योगदानका लागि …

प्रतिकृया दिनुहॊस