‘मिस ब्युटी क्वीन’ बनिन् शाही

काठमाडाैँ । सिजन मिडियाले सञ्चालन गरेको एमआरएस ‘मिस ब्युटी क्वीन नेपाल २०२०’ को ताज सन्तोषी शाहीले जितेकी छिन् । ‘लेट मिइन मिसेस ब्युटी क्वीन नेपाल २०२०’ को उपाधिसहित उनले टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेकी छिन् ।

यस्तै ‘फस्ट रनर अप’मा सविता शर्मा र ‘सेकेण्ड रनर अप’मा सीता आचार्य पौडेल बन्न सफल भएका छन् । उनीहरु दुवै जनाले बाली भ्रमणको टिकट सहति विभिन्न उपहार प्राप्त गरेका छन् ।

‘थर्ड रनर अप’मा रञ्जना निरौला, र ‘फोर्थ रनर अप’मा देवकला पुनः छनोट भए । यस्तै ‘टाइटल अवार्ड’ देवकला पुन, सिर्जना गौतम, सिर्जना पनेरु, सरिता कर्ण वियारी, अमिता अमात्य, दिपा ढुङ्गाना, सुहाना अर्याल, सन्तोषी शाही, उर्मिला खत्री, समीसा गिरी, सिताअर्चना पौडेल, सुम्निमा चौधरी, देवकला पुन, सविता शर्मा, रञ्जना निरौला, रस्मिला शाही, सविता शर्मा र रिता कार्की हात पारे ।

सिजन मिडियाले विगत तीन वर्षदेखि निरन्तररुपमा मिसेज ब्युटी क्वीन सञ्चालन गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री