६ महिनामा ७० को मृत्यु, ३२४ घाइते

चितवन । जिल्लामा चालु आव ०७६/७७ को ६ महिनामा सवारीसाधन दुर्घटनामा ७० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा  ३ सय २४ जना घाइते भएका छन् । तीमध्ये १ सय ६ जना सख्त घाइते भएका थिए भने २ सय १८ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांक छ ।

सबैभन्दा बढी पुरुषको मृत्यु 

चालु आवको ६ महिनामा दुर्घटनामा परेर सबैभन्दा बढी पुरुषको मृत्यु भएको छ । कार्यालयले दिएको जानकारी अनुसार सो अवधिमा ६१  पुरुष, ९ महिलाको मृत्यु भएको छ ।

१६७ दुर्घटना, २७२ सवारीसाधन संलग्न

यो ६ महिनाको अवधिमा २ सय ७२ सवारीसाधन दुर्घटनामा संलग्न भएकोमध्ये १ सय ६७ वटा दुर्घटना भएको प्रहरीले जनाएको छ । यसमध्ये सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको छ । त्यसपछि दोस्रो दुर्घटनामा कार जिप भ्यान छन् । तेस्रो बढी दुर्घटनामा ट्यांकर र ट्रक छन् ।

यो अवधिमा १ सय १६ मोटरसाइकल, ४५ कार, जिप, भ्यान तथा ३७ ट्रक, ट्रिपर दुर्घटनामा परेका थिए । यस्तै यो अवधिमा २६ बस, १८ साना सवारीसाधन, १२ टेम्पो, ६ ट्र्याक्टर, ५ माइक्रोबस, २ ट्रिपर र ५ अन्य सवारी रहेको कार्यालयका प्रमुख (प्रहरी निरीक्षक) दयाकृष्ण भट्टले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस