एनआईसी एशिया बैंकको दुई नयाँ शाखाको औपचारिक उद्घाटन

काठमाडौं ।  एनआईसी एशिया बैंकले दुई नयाँ शाखाहरुको औपचारिक उद्घाटन गरेको छ । जयपृथ्वी नगरपालिका वडा नं. १०, चैनपुर, बझाङ  र निलकण्ठ नगरपालिका वडा नं. ३, धादिङ्गवेशी, धादिङ्गमा शुक्रबार एक समारोहका बिच नयाँ शाखाहरुको औपचारिक रुपमा समुद्घाटन गरिएको हो ।

जयपृथ्वी नगरपालिकाका मेयर बिरेन्द्र बहादुर खड्काबाट बझाङ र निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाबाट धादिङ्गवेशी शाखाको संयुक्त रुपमा  समुद्घाटन गरेका छन् ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । उल्लेखित २ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १७० शाखा कार्यालयहरु, १६८ एटिएम एवंम् ४ एक्स्टेन्सन  काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री