खुकुरी प्रहार गरी महिलाको हत्या

मोरङ । मोरङको पथरीशनिश्चरेमा गए राति कुरी  गरी एक महिलाको हत्या भएको छ ।   पथरीशनिश्चरे–९ स्थित श्याम चौक बस्ने ३४ वर्षीय चन्द्रबहादुर लिम्बूले ३० वर्षीया श्रीमती तुलसा लिम्बूलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिएका छन ।

घटनापछि खुकुरी प्रहार गर्ने लिम्बू फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनले श्रीमतीको हत्या गर्नुको कारण खुल्न सकेको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री