टर्कीले लिबियालाई सैन्य सहयोग गर्नेे, कुनै हस्तक्षेप नगर्न ट्रम्पको चेतावनी

एजेन्सी । टर्कीले संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त राष्ट्रिय सम्झौता विपरीत लिबियामा सैनिक दस्ता पठाउने निर्णय गरेको छ । टर्कीको संसदले हालै पारित गरेको लिबियामा सुरक्षाकर्मी खटाउनेसम्बन्धी विधेयकको विपक्षी दलहरुले आलोचना गरेका छन् ।

विधेयक पारित भएसँगै लिबियामा सैन्य सहयोग बढाउन सहज हुने बताइएको छ । राष्ट्रपति रेसेप तय्यिप एर्दोगानको सत्तारुढ दल र यसको सहयोगीहरुले संसदीय बहुमत पाएसँगै उक्त विधेयक पारित भएको हो । विधेयक पारित भएसँगै टर्कीलाई कुनै पनि मिसनको दायरा, रकम र समय निर्धारण गर्न सहज हुने भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

संसदबाट विधेयक पारित भएलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति एर्दोगानलाई टेलिफोन गरेर लिबियामा कुनै हस्तक्षेप नगर्न चेतावनी दिएका छन् ।वैदेशिक हस्तक्षेपले लिबियाको अवस्था जटिल बन्दै गएको भन्दै ट्रम्पले चिन्ता व्यक्त गरेको ह्वाइट हाउसले जनाएको छ ।

लामो समय सत्ता सञ्चालन गरेका मुअम्मर गद्दाफी सन् २०११ सत्ताच्यूत भएयता लिबियामा राजनीतिक अस्थिरता छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री