एजेन्सी । अमेरिकी रक्षा मन्त्रालयले मध्यपूर्वमा देखिएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै थप सैनिक पठाउने तयारी गरेको रक्षा अधिकारीहरूले बताएका छन् ।इराकमा आइतबार अमेरिकी हवाई आक्रमणमा मारिएका हशद शाबी सदस्यहरूको शोकपछि आक्रोशित लडाकूहरूले मङ्गलबार बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण गरेका थिए ।
यसैलाई कारण देखाउँदै संयुक्त राज्य अमेरिकालाई थप सैनिकहरू पठाउन प्रेरित गरेको छ । रक्षा सचिव मार्क एस्पेरले करीव ७५० अमेरिकी सिपाहीहरू यस क्षेत्रमा तुरुन्तै तैनाथ हुने र आकस्मिक रक्षा बल (आईआरएफ) बाट थप सेनाहरू आगामी केही दिनमा तैनाथ गर्न तयार रहेको बताए ।
हशद शाबी समूहका लडाकूको नेतृत्वमा धेरै प्रदर्शनकारीहरूले दूतावास बाहिर अमेरिकाको हवाई हमलाको निन्दा गर्दै मङ्गलबार नारा लगाएका थिए । त्यसपछि विरोध प्रदर्शन हिंसात्मक भयो जब प्रदर्शनकारीहरूले गार्ड टावर र दूतावासको बाहिरी ढोका जलाएका थिए । यसैबीच इराकस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरु त्यहाँबाट हटेका छन् ।



