महाकालीमा मौका छोप्दै भारत, धमाधम संरचना निर्माण

दार्चुला । चिसो बढेकाले नेपालका बासिन्दा तल्लो भेगमा झरेको मौका छोपेर भारतले व्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा धमाधम संरचना निर्माण थालेको छ । पश्चिम नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरी अतिक्रमण गरी आफ्नो नक्सामा पारेको भारतले नेपाली पक्षको उपस्थिति नभएको फाइदा उठाउँदै एक पक्षीय रूपमा संरचना बनाएको हो ।

व्यास गाउँपालिका १ पेल्सिति नजिकै महाकालीमा भारतले अनुमतिबेगर काठेपुल बनाएको छ । महाकाली नदी नै प्रभावित हुने गरी भिर कटान गरेर सडक बनाउने कामलाई पनि भारतले तीव्र पारेको छ ।

०७४ सालमा पनि भारतीय पक्षले महाकाली नदीमा नेपालको अनुमति नलिईकनै विभिन्न ठाउँमा काठेपुल बनाउनाका साथै नेपाली भूमिमा एक्साभेटर चलाएको थियो । चिसोका कारण यतिबेला व्यास गाउँपालिका २ दुम्लिङभन्दा माथिको क्षेत्रमा बसोबास छैन । व्यासको छेरुङसम्मै आवतजावत गरिरहेका नेपाली हिमपातपछि तल्लो भेगमा सरेका छन् ।-कान्तिपुर दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नीति तथा कार्यक्रम र १६ औं पञ्चवर्षीय योजना मन्त्रिपरिषदबाट पारित

काठमाडौं । मन्त्रिपरिषदको बैठकले सरकारका नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको …

प्रतिकृया दिनुहॊस