ए डिभिजन लिग : शुक्रबार दुई खेल हुँदै

काठमाण्डाै । कतार एअरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत शुक्रबार दुई वटा खेल हुँदैछन् ।  मध्याह्न १२ बजे एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा विभागीय क्लब त्रिभुवन आर्मी र हिमालयन शेर्पा प्रतिस्पर्धा गर्दैछन् ।

तेस्रो चरणको खेल जारी रहँदा आर्मी ३ अंकसहित तालिकाको आठौं स्थानमा छ भने शेर्पा २ अंकसहित १० औं स्थानमा छ ।   शेर्पाले पछिल्ला दुई खेलमा बराबरी खेल्दै २ अंक जोडेको छ । याे खेलमा शेर्पा विजयी भए चौथो स्थानमा पुग्ने छ ।

यस्तै दिउँसो तीन बजे दशरथ रंगशालामा सरस्वती युवा क्लब र विभागीय क्लब नेपाल पुलिस खेल्दैछन् । पुलिस एक अंकसहित तालिकाको ११ औं स्थानमा छ भने सरस्वतीले खाता नै खोल्न सकेको छैन । याे खेलमा पुलिस विजयी भए आठौं स्थानमा पुग्ने छ भने सरस्वती विजयी भए दशौं स्थानमा उक्लने छ । याे खेलसँगै ए डिभिजन लिगको तेस्रो चरणको खेल पनि सकिने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री