सेलपे सेवा र सस्ताेडिलबीच सहकार्य

काठमाडौं ।  सेलपे सेवा र सस्ताेडिलबीच सहकार्य सेल ए ब्रासन अफरका लागि सहकार्य भएकाे छ। नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नेपालको शीर्ष ई- कमर्स प्लेटफार्म सस्ताेडिलसँग क्रिसमस र नयाँ वर्षलाई लक्षित गर्दै सेल ए ब्रासन अफरका लागि सहकार्य गर्ने सहमति गरेकाे हाे।

जसअन्तर्गत ग्राहकले सस्तोडीलमार्फत पहिलोपटक कुनै पनि सामान किन्दा ४० प्रतिशत छूट सेलपे एपमा लोयल्टी पोइन्ट्सको रूपमा पाउनेछन् र थप १० प्रतिशत छूट (डीजेआई, डा. ब्राउन, क्रेन, हिमालय बेबी केयर, बब्लूभ, ऊर्जा र एक्स–एज)का सामानको खरीदमा चेकआउट गर्दा डिस्काउन्ट कुपन पाउनेछन् ।  यो अफर २४  डिसेम्बर २०१९ देखि २ जनवरी २०२० सम्म लागू हुने सेलकमले जनाएकाे छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप