हिन्दी चलचित्रलाई उछिन्दै ‘आमा’को ट्रेलर ट्रेन्डिङ एकमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘आमा’को ट्रेलर युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । युट्युब रिलिजको तेस्रो दिन ट्रेलर युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो ।

हस्पिटल ड्रामा चलचित्र ‘आमा’को ट्रेलर फुल लेन्थ हिन्दी चलचित्रलाई समेत पछि पार्दै युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो । अक्षयकुमारको सहित तीनवटा हिन्दी चलचित्रलाई ‘आमा’को ट्रेलरले पछि पारेको हो । बुढा सुब्बा युट्युब च्यानलबाट ट्रेलर लञ्च गरिएको थियो ।

फागुन ९ गते रिलिज हुने चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त र सरिता गिरी मुख्य भूमिकामा छन् । चलचित्रले सरकारी र निजी अस्पतालमा भिन्नता र यसका सकारात्मक तथा नकारात्मक पक्षालाई चलचित्रले उठान गरेको छ । ‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्रको यो ड्रिम प्रोजेक्ट हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री