सर्लाही । झुटाे विवरण पेस गरी नागरिकता लिने एक जना भारतीय नागरिक सर्लाहीको बरहथवाबाट पक्राउ परेका छन् । भारतको बिहार सितामाढी घर भएका २० वर्षीय सिताराम सिंह पक्राउ परेका हुन् ।
उनले बरहथवा नगरपालिका २ घर भएका आफ्नै मामा गिर्जबहादुर भण्डारीलाई बाबु बनाएर नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए। मामालाई बाबु बनाएर नागरिकता लिएको थाहा पाएपछि वडा नम्बर २ का वडाध्यक्ष यज्ञबहादुर खड्काको पहलमा शनिबार बेलुका हजरियाबाट पक्राउ गरी उनलाई इलाका प्रहरी कार्यालय बरहथवामा बुझाइएको थियो ।
सिंहले बरहथवा नगरपालिका २ को वडा कार्यालयमा गाँउका पाँच जनालाई सर्जिमिन मुचुल्का गर्न लगाइ नागरिकता लएका हुन् ।
तपाईंको प्रतिकृया




