हिमपातले अवरुद्ध सडक सञ्चालनमा नआउँदा मर्कामा मनाङवासी

मनाङ । हिमपातले अवरुद्ध  मनाङ–बेंशीसहर सडकखण्ड अझै सञ्चालनमा आएको छैन। सडकमा हिउँ जमेकाले सडक सञ्चालनमा आउन नसकेको हो। सडकमा जमेको हिउँ पन्छ्याउन जिल्ला प्रहरी कार्यालय चामे मनाङले प्रयास गरे पनि अत्यधिक चिसोका कारण सफल भएको छैन।

लमजुङको सदरमुकाम बेंशीसहरदेखि नासों गाउँपालिकाको दानाक्युसम्म सवारी साधन आवतजावत गरे पनि  चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकामा सवारी आवगमन ठप्प छ। गत मंसिर २६ देखि परेको हिमपातले मनाङवासी र पर्यटक मर्कामा परेका छन्।

चिसोका कारण अन्नपूर्ण पदमार्गमा आउने पर्यटक बीच बाटोबाटै फर्कन बाध्य भएका छन्। चिसो छल्न जिल्लाबाहिर जाने मनाङवासी दुई दिन लगाएर हिउँमा हिँड्न बाध्य छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस