ङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि

काठमाडौँ । सङ्घीय संसद्को हिउँदे अधिवेशन आज (शुक्रबार)देखि सुरु हुँदैछ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा पनि लिइन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो २ः०० बजे दुवै सदनको बैठक आह्वान गरेकी हुन् ।

हिउँदे अधिवेशनमा प्रतिनिधि सभाको प्रमुख कार्यसूची नै सभामुख चयन छ । असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि स्थान रिक्त छ । शुक्रबारको पहिलो बैठक भने उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सञ्चालन गर्ने जनाइएकाे छ।

संविधानको धारा ९१ (४) को व्यवस्थाअनुसार सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठक सञ्चालन गर्ने छीन् । सभामुख तथा उपसभामुख दुवैको स्थान रिक्त रहेको अवस्थामा भने ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन गर्नसक्ने संवैधानिक व्यवस्था छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ओलीले रविलाई बिचमा घुसाएर बनाउन चाहेको ‘मानवढाल’ मात्र हो : गणेश कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सभापति रवि लामिछानेको नाम बिचमा …

प्रतिकृया दिनुहॊस

This will auto close after