कलाकार दीपक क्षेत्रीको निधन

काठमाडौं । नेपाली चलचित्रका पुराना अभिनेता दीपक क्षेत्रीको निधन भएको छ । ५८ वर्षीय क्षेत्री शनिबार डिल्लीबजारस्थित आफ्नै निवासमा सुतेकौ अवस्थामा मृत भेटिएका हुन ।

उनको शवलाई महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । क्षेत्रीले सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन् । जुनसुकै भूमिकामा जीवन्त अभिनय गर्न सक्ने खुबी भएका उनले ‘जीवनदान’, ‘सिमाना’, ‘सेतो सूर्य’, ‘राज्जा रानी’, ‘मसान’, ‘झोला’ ,‘छ माया छपक्कै’ जस्ता दर्जनौं फिल्महरुमा जिवन्त अभिनय गरेका छन् ।

दीपक क्षेत्री लामो समयदेखि घाटीको क्यान्सरबाट पीडित पनि थिए । उनको गतबर्ष मात्र स्वर नलीको शल्यक्रिया पनि गरिएको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस