जावलाखेल युथ क्लबलाई प्रभु बैंकको प्रायोजन

काठमाण्डौ । शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्न लागेको जावलाखेल युथ क्लबलाई ‘प्रभु बैंक’ ले प्रायोजन गरेको छ । अब क्लबको नाम ‘प्रभु जावलाखेल युथ क्लब’ हुने छ ।

१ वर्षका लागि गरेको प्रायोजन बापत प्रभु बैंकले २५ लाख रुपैयाँ प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । विसं २०३९ सालको लिगमा दोस्रो र विसं २०६७ सालको लिगमा तेस्रो स्थान हात पार्नु नै जावलाखेलले हासिल गरेको ठूलो उपलब्धि हो ।

सम्झाैता पत्रमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ अशाेक शेरचन र जावलाखेल युथ क्लबकाे तर्फबाट महेन्द्र क्षत्रीले हस्ताक्षर गरे ।

यो लिगमा उत्कृष्ट नतिजा निकाल्ने लक्ष्यका साथ जावलाखेलले तीन जना विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ भने सिक्किमबाट अर्का एक जना खेलाडी ल्याउने तयारी पनि गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भारतीय ग्राहकले सानिमा बैंकको फोनपे क्युआरमार्फत अन्तरदेशीय भुक्तानी गर्न मिल्ने

काठमाडौँ । सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रा.लि.सँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका …

प्रतिकृया दिनुहॊस