आइतबारको मौसम : केही ठाउँमा पानी पर्ने र हिमपातकाे सम्भावना

काठमाण्डौ । आइतबार पनि देशका विभिन्न ठाउँको मौसम बदली भइ मध्य, पूर्वी र सुदूरपश्चिमका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातकोसमेत सम्भावना रहेको मौसमविद् गंगा मञ्जु बासीले बताए।

उनले हिजो अस्तीको जस्तो लगातार पानी पर्ने वा भारी हिमपातको सम्भावना भने नभएको बताए।  याे प्रणालीका कारण भारी हिमपात हुने र देशभरकै मौसम बदली भइ पानी पर्ने सम्भावना रहेकाले देशभरि नै चिसो बढ्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन पनि माैसमविद्ले सुझाव दिएका छन् ।

विशेषगरी ताताे र झाेलिलाे पदार्थ खान तथा चिसाेबाट बच्न बाक्ला र न्यानाे लुगा लगाउन माैसमविद्ले सचेत गराएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री