केन्द्रीय कारागारलाई नुवाकोटमा स्थानान्तरण गर्ने योजना अलपत्र

नुवाकोट । काठमाडौँको जैसीदेवलस्थित केन्द्रीय कारागारलाई नुवाकोट स्थानान्तरण गर्ने योजनामा ढिलाइ भएको छ । प्राविधिक डिजाइन तथा बिल भुक्तानीमा ढिलाइ भएको भन्दै योजनाअनुसार काम अगाडि बढ्न नसकेको हो ।

काठमाडौँको जैसीदेवलस्थित राणाकालीन केन्द्रीय कारागार जीर्ण र अव्यवस्थित भएकाले सरकारले २०७० साल चैत्रमा नुवाकोट सार्ने निर्णय गरेको थियो ।जसअन्तर्गत पहिलो चरणमा  १७ सय कैदीबन्दी स्थानान्तरण गर्ने सरकारी योजना थियो ।

त्यसका लागि नुवाकोटको विदुर नगरपालिकाको चण्डीपोखरीस्थित पाँच सय ३४ रोपनी क्षेत्रफलको खुल्ला मैदानमा केन्द्रीय कारागार निर्माणको कार्य थालनी भइसकेको छ । ३६ महिने निर्माण अवधिसहित २०७३ असोजबाट निर्माण कार्य थालनी गरिएको हो ।

२०७६ कात्तिकमा १७ सय कैदीबन्दी स्थानान्तरण गर्ने तयारी भए पनि कारागारको प्रशासनिक भवनको डिजाइनलगायत भौगर्भिक समस्याका कारण योजना पर धकेलिएको सहरी विकास तथा भवन निर्माण शाखाका प्रमुख सुवास बस्नेत बताउँछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री