धनुषा बम विस्फोट : घाइते इन्स्पेक्टर दाहालको मृत्यु

जनकपुर ।  धनुषाको महेन्द्रनगरमा बम विस्फोट हुँदा घाइते प्रहरी निरीक्षकको मृत्यु भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर शुक्रबार मध्यराति भएको बम विस्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहाल सख्त घाइते भएका थिए ।

प्रहरी निरीक्षक दाहालको उपचारको क्रममा धरानमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले बताए । बम विस्फोटमा स्थानीय ४६ वर्षीय राजेश्वर साह र उनका छोरा २४ वर्षीय आनन्द साहको पनि मृत्यु भएको छ । राजेश साहको घरको शौचालय अगाडि बम राखिएकोमा जानकारी पाएलगत्तै बम राखिएको स्थानमा प्रहरी टोली पुगेको थियो । प्रहरी नीरिक्षकसहित प्रहरीकै एक जवान सख्त घाइते भएको छ ।

बम विस्फोटमा घाइते प्रहरी जनाव रिजनाथ कुमार महतो, विस्फोटमा मृत्यु भएका राजेश्वरकी छोरी १९ वर्षीया अञ्जली साह र छोरा १५ वर्षीय प्रकाश साह घाइते भएका छन् । उनीहरुको धरानमा उपचार भइरहेको छ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री