कोटेश्वर–कलङ्की सडक खण्ड : पुलको दायाँ बायाँ रेलिङ निर्माण गिरने 

काठमाडौँ । चक्रपथको कोटेश्वर–कलङ्की सडक खण्डमा पैदल यात्रुले आकाशे पुलको प्रयोग नगरी पुलमुनिबाट नै बाटो काट्ने क्रम बढेपछि पुलको दायाँ बायाँ रेलिङ निर्माण गिरने भएको छ । पैदल यात्रु आकाशे पुलको प्रयोग नगरी पुल मुनिबाट नै बाटो काट्दा ट्राफिक व्यवस्थापनमा समस्या हुनुका साथै दुर्घटना हुने गरेको छ ।

काठमाडौँ चक्रपथ सुधार आयोजनाका प्रमुख अमृतमणि रिमालले चक्रपथको कोटेश्वर–कलङ्की सडकखण्डमा पैदल यात्रुहरूलाई आकाशे पुल भएर बाटो काट्न प्रोत्साहित गर्न आकाशे पुलको सडकको दुवै किनारामा आकाशे पुल भएको ठाउँमा रेलिङ निर्माण गरिने तयारी भइरहेको जानकारी दिए।

आकाशे पुल निर्माणका लागि बोलपत्र आह्वान गर्न आवश्यक तयारी भइरहेको बताउँदै उनले अबको दुई महिनाभित्र बोलपत्र आह्वान गरी ठेक्का सम्झौताको काम सम्पन्न हुने जानकारी दिए । ठेक्का सम्झौता भएको एक महिनाभित्र निर्माण कार्य सम्पन्न हुने जानकारीसमेत उनले दिए । कुल दुई करोड रुपियाँको लागतमा सो रेलिङ निर्माण हुनलागेको हो ।

चक्रपथको सो खण्डमा थप छवटा आकाशे पुल निर्माण भइरहेको छ । चीन सरकारको सहयोगमा विस्तार गरिएको चक्रपथको सो खण्डमा यसअघि चीन सरकारको सहयोगमा नै कोटेश्वर, ग्वार्को र बागडोलमा सम्झौता अनुसारको आकाशे पुल निर्माण भइसकको छ भने नेपाल सरकारको लगानीमा बालकुमारी, सातदोबाटो, महालक्ष्मी स्थान, एकान्तकुना, सानेपा र बल्खुमा थप अकाशे पुल निर्माण हुन लागेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री