आगामी तीन दिनको मौसम : काठमाडाैं उपत्यकासहित देशभर बदली, उच्च पहाडी तथा हिमाली भेगमा भारि हिमपात

काठमाडौं । हाल नेपालमा पश्चिमि निम्न चापिए प्रणालिको प्रभाब रहेको छ । पश्चिमी भुभागमा सामान्य देखि पूर्ण वदली साथै मध्य तथा पुर्वी भुभागमा सामान्य बदली रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसीर २७ गते (शुक्रबार)

दिउँसो: देश भर सामान्य देखि पूर्ण वदली रही देशका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ। देशका पश्चिमि भु-भागका केहि स्थानमा हावा हुरि आउने पनि संभाबना रहेको छ।

राती: देश भर सामान्य वदली रही पश्चिमी भेगका केहि स्थानहरु साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी सहित हिमाली भू-भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भाबना रहेको छ।

मंसीर २८ गते (शनिबार) 

दिउँसो: देश भर आंसिक देखि सामान्य वदली रही देशका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ।

राती: देश भर आंसिक देखि सामान्य वदली रही देशका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ।

मंसीर २९ गते (आइतबार)

दिउँसो: देशको पश्चिमि भु-भागमा सामान्य बदलि र  मध्य तथा पुर्वका पहाडि भु-भागमा आंसिक देखि सामान्य वदली रहि पश्चिमि थोरै  स्थानहरुमा साथै मध्य तथा पुर्वका पहाडि भु-भागमा हल्का वर्षा हुने सम्भावना छ। हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ।

राती: देशको पश्चिमि पहाडि आंसिक देखि सामान्य वदली साथै मध्य तथा पुर्वी पहाडि भुभागमा आंसिक बदली रहनेछ । हिमाली भू-भागहरुमा हल्का हिमपात हुने सम्भावना छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघले भन्यो- सर्वोच्चको आदेश संविधानको भावनासँग बाझियो

काठमाडाैं । सर्वोच्च अदालतले सिधा कुरा डटकमको‘द डार्क फाइल’ शृङ्खलाअन्तर्गत प्रकाशित सामग्री तथा त्यस सन्दर्भमा …

प्रतिकृया दिनुहॊस