नेपालमा थपियो डेढसय मेगावाट विजुली

काठमाडाैँ । चालु आर्थिक वर्षको चार महिनामा १४७ दशमलव ५ मेगावाट जडित क्षमता भएका विद्युत् आयोजनाहरु राष्ट्रिय प्रणालीमा जोडिएका नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार प्राधिकरण अन्तर्गतका २ र निजी क्षेत्रका ६ वटा गरी ८ वटा विद्युत् आयोजना निर्माण सम्पन्न भई प्रणालीमा जोडिएकाे छ।

प्राधिकरण अन्तर्गतका आयोजनाको जडित क्षमता ७४ मेगावाट छ भने निजी क्षेत्रका आयोजनाको जडित क्षमता ७३ दशमलव ५ मेगावाट छ। यो अबधिमा विद्युत् प्राधिकरणद्वारा सञ्चालित आयोजनाको वित्तिय प्रगति १०२ प्रतिशत भएको प्राधिकरणले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले बंगलादेशमा बिजुली बेच्दै, प्रतिमहिना ३३ करोड आम्दानी हुने

काठमाडौँ । नेपालले पहिलो पटक शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात गर्दैछ । नेपाल विद्युत प्राधिकरणले आज ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गर्ने भएको छ । गएको असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले विजुली बंगलादेश पठाउन लागेको हो ।

प्रतिकृया दिनुहॊस