महेन्द्रनगरमा एक युवा मृत अवस्थामा फेला

महेन्द्रनगर । कञ्चनपुरको महाकाली सिँचाइ आयोजनाको नहरमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।  वेदकोट नगरपालिका– १० सिसैयामा नहरमा डुबेको अवस्थामा कृष्णपुर नगरपालिका– २ का सन्तोष पन्त मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीले युवकको शव फेला परेको स्थान नजिकै मोटरसाइकल पनि फेला परेको जनाएको छ । मोटरसाइकललाई सिसैया प्रहरी चौकीको नियन्त्रणमा राखिएको छ ।

स्थानीय बसन्त चटौतका अनुसार मृतक पन्त बुधबार आफन्तको बिबाहमा सहभागी हुन सिसैया आएका थिए । जनज्योति बहुमुखी क्याम्पसमा अध्ययनरत पन्त महेन्द्रनगरको भाँसीमा डेरा गरी बस्दै आएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री