सुनको मूल्य फेरि बढ्याे, ताेलाकाे ७१ हजार २ सय

काठमाडाैँ । सुनको मूल्य फेरि बढेको छ। प्रतितोला ७० हजारभन्दा तल आइपुगेको सुनको भाउ बढेर ७१ हजार रुपैयाँमाथि पुगेको हो। बुधबारभन्दा आज तोलामा ४ सय रुपैयाँले सुनको भाउ बढेको छ।

बुधबार प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बिहीबार ७१ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ। सरकारले सुनको भन्सार मूल्य बढाएपछि एकाएक उचाइमा पुगेको सुनको मूल्य घटेर पनि पुनः उकालो लागेको छ।

केही दिनअघि सुनको मूल्यले नयाँ रेडर्क बनाउँदै अघि बढेर प्रतितोला ७३ हजार ५ सयसम्म पुगेको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री